FEATUREDLatestNews

कोरोना ‘हटस्पट’ सर्लाहीमा अभावै अभाव

सर्लाही,३० साउन । कोरोना हटस्पट बनेको सर्लाही जिल्लामा स्रोत र साधनको अभावै अभाव रहेको देखिन्छ ।कोरोना पीसीआर किट र रिएजेन्ट अभावले स्वाब परीक्षण प्रभावित भएको हुदां जिल्लाकै अवस्था भयावह बन्दै गईरहेको छ । ५ जना कोरोना संक्रमित भेटिएपछि मलंगवाको सर्लाही अस्पतालमा हिजोदेखि अतिआवश्यक सेवा बाहेकका अरु सबै सेवा बन्द गरिएको छ ।
स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित हुँदा अस्पतालको सेवा सञ्चालनमा मात्र कठिनाइ भएको छैन, कोरोना अस्पताल व्यवस्थापनमा समेत समस्या उत्पन्न भएको छ । हालको संकट व्यवस्थापनका लागि स्थानीय तहले समुचित संयन्त्र बनाउन नसकेके अवस्थाले स्थिती झनै नियन्त्रण बाहिर गईरहेको अवस्था छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सबै स्थानीय तहहरुलाई आआफ्नो क्षेत्रमा निषेधाज्ञा जारी गर्न भनी पत्र पठाइसकेको भएपनि त्यसको पालना गराउन पालिका प्रमुखहरुले कुनै कदम अगाडि बढाएको देखिदैन । उक्त निषेधाज्ञाको प्रभाव सदरमुकाम मलंगवा तथा जिल्लाका अन्य ग्रामीण क्षेत्रमा खासै देखिएको छैन । जिल्लाका ग्रामीण बस्तीमा ठुला साना सबैखाले पसल तथा होटलहरु खोलिएका छन् , दुइपाँग्रे सवारीसाधन निर्धक्कका साथ गुडिरहेका छन् भने माक्स र सामाजिक दुरीको पालना गरिएका छैन । सर्लाहीमा हरेक दिन दर्जनौंको संख्यामा संक्रमित बढ्दैछन् । व्यापारी, सरकारी कर्मचारी, सहकारीका कर्मचारी, सुरक्षाकर्मी, होटलव्यवसायी लगायतमा कोरोना भाईरस पोजेटिभ देखिएपछि समुदाय स्तरमै कोरोना फैलिएको तथ्यलाई नकार्न सकिदैन । हिजो मात्रै हरिवन नगरपालिकामा २२ जना कोरोना संक्रमीत फेला परेका छन् । एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै फैलने भएकाले संक्रमण दर गुणात्मक रुपमा बृद्धि भइरहेको छ । अर्कोतिर हाम्रो स्वास्थ्य क्षेत्र आफैमा रोगी छ । न पर्याप्त जनशक्ति छन्, न पुग्दो उपकरण छन्, न भरपर्दो उपचार–विधी । त्यसैले संक्रमण भएमा अस्पताल गएर, उपचार गराएर ठीक होला भनी ढुक्क हुने स्थिति छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *