उद्योग वाणिज्य संघ मलंगवाद्धारा ३ सय घरपरिवारलाई राहत वितरण
सर्लाही,०७ जेठ । उद्योग वाणिज्य संघ मलंगवाद्धारा मुलुकमा कोभिड–१९ त्रासका कारण सरकारले गरेको लकडाउनकामा रोजगारी गुमाएर समस्यामा परेका ३ सय घरपविारलाई राहत वितरण गरीएको छ । यस महामारीको समयमा त्यस्ता जनतालाई केही राहत मिलोस् भन्ने उदेश्य लिएर संघले आफ्नै लगानीमा मलंगवा नगरपालिका अन्तर्गतका १२ वटै वडा र ब्रम्हपुरी गाउँपालिकाका दैनिक ज्यालादारी गरेर गुजारा चलाउने विपन्न व्यक्ति वा मजदुरको परिवारलाई खाद्यान्न सहयोग गरेको अध्यक्ष बिरेन्द्र साहले बताउनुभएको छ । संघले प्रति घरपरिवार १५ किलो चामल , १ किलो दाल,१ किलो नुन ,२ किलो आलु ,आधा लिटर खाने तेल र एक पाउ सोयाबिन वितरण गरेको हो । उद्योग वाणिज्य संघ मलंगवाका सम्पूर्ण पदाधिकारीहरुको उपस्थितिमा वडा न–८ स्थित आफ्नै कार्यालयको परिसरमा आयोजना भएको राहत वितरण कार्यक्रममा सामाजिक दुरीको पालना गरिएको थियो ।

