सर्लाहीका दुवै संक्रमित काठमाडौंमा
सर्लाही,०६ जेठ । मंगलबार सर्लाहीका कोरोनाभाइरस संक्रमण पुष्टि भएका दुई संक्रमित हाल काठमाडौंमै बसोबास गरिरहेको खुलेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि गरेकोमा दुई जना सर्लाहीका रहेका छन्।सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले आज पुष्टि भएका दुवै जना संक्रमित हाल काठमाडौंमै बसिरहेका जानकारी दिए ।प्रमुख जिल्ला अधिकारी जिसीले भने, ‘हामीले यहाँबाट स्वाब पठाएका छैनौं, संक्रमितहरूले आफैंले काठमाडौंको टेकु अस्पतालमा स्वाब परीक्षण गराएका हुन, सर्लाहीमा भाडाको घरमा बस्दै आएकाहरूले जाँचको समय ठेगाना सर्लाही लेखाएको खुलेको हो ।’संक्रमितमध्ये एक जना बागमती नगरपालिका वडा नं. ९ का ३४ वर्षीय पुरूष र अर्का हरिवन नगरपालिका नयाँ रोड निवासी ३१ वर्षीय पुरूष रहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी जिसीले बताए ।

