LatestNews

हरिवनमा २९ जनाको आरडीटी, सबैको रिपोर्ट नेगेटिभ

हरिवन – हरिवन नगरपालिका भित्र सार्वजनिक क्वारेन्टाईन एवं होम क्वारेन्टाईनमा राखिएका २९ जनाको सर्लाहीको हरिवनमा २९ जनाको ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) रिपोर्ट नेगेटिभ आएको छ ।हरिवन बजार स्थित स्वाभिमान अस्पतालको क्वारेन्टाईनमा राखिएका दुईजना तथा मलेसिया, दुवई सहित भारतबाट आएर होम क्वारेन्टाईनमा बसेका २७ जनालाई आईतबार दिउँसो आरडीटी गर्दा नेगेटिभ आएको हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईंले जानकारी दिए । हरिवन नगरपालिकाको निर्माणाधिन भवनमा लगेर स्वास्थ्यकर्मीले २९ जनाकै परीक्षण गरेका थिए । आरडीटी नेगेटिभ आएपछि स्वाभिमान अस्पतालको क्वारेन्टाईनमा राखिएका दुईजनालाई पनि सुरक्षित ढंगले घरमै रहने सर्तमा छाडिने मेयर प्रसाईंले जानकारी दिए । उनीहरु गत वैशाख १ गतेदेखि अस्पतालको क्वारेन्टाईनमा बसेका हुन् ।यो सहित सर्लाहीमा ९७ जनाको आरडीटी गरिएको छ । जसमध्ये ९६ जनाको नेगेटिभ एवं धनकौल गाउँपालिकाको क्वारेन्टाईनमा राखिएका एक किशोरमा पोजेटिभ देखिएको थियो । शनिबार काठमाडौंमा पठाईएको उनको स्वाबको पीसीआर परीक्षणमा आईतबार नै नेगेटिभ रिपोर्ट आईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *