LatestNews

हत्यामा दोषीलाई कारबाहीको माग गर्दै राजमार्गमा जुलुस र कोणसभा

सर्लाही,१४ असार । सर्लाहीको रामनगर गाउँपालिका वडा न–४ स्थित बहुअर्वामा भएको हत्याकाण्डका दोषी उपर कार्यवाहीको माग गर्दै नेकपाका जनवर्गीय सगंठन अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सर्लाहीले आज राजमार्गमा जुलुस तथा कोण सभा लगायतका बिरोधका कार्यक्रमहरु गरेको छ ।मृतक रायलाई शहिद घोषणा गर्नुपर्ने , दोषी उपर कडा कार्यवाही ,मृतकको परिवारलाई क्षतिपूर्ति र हत्यामा संलग्न ब्यक्तिलाई पक्राउ गरि जिल्लामा हाजिर गर्नुपर्ने लगायतका मागहरु राखेर राजमार्गमा जुलुस र कोण सभा गरिएको अनेरास्ववियू सर्लाही स– संयोजक शमीम बाबु पठानले जानकारी दिनुभयो । रामनगर गाउँपालिका–४, का नेकपाका नेता ६० वर्षीय रामजनम यादवलाई गत आइतवार अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । हरेक कुरालाई राजनीतिक विषय बनाइने क्षेत्र नम्वर ४ मा पछिल्लो पटक रामनगरमा भएको हत्याको घटनालाई पनि राजनीतिक रंग दिइँदा विवाद बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *