सर्लाहीमा कृषि पत्रकारिता सम्वन्धी दुई दिने अभिमुखिकरण सम्पन्न
सदाम हुसैन
सलाही, ०९ असार । सर्लाहीको लालबन्दीमा कृषि पत्रकारिता सम्वन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । आमसंचार प्राधिकरण मधेश प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ सर्लाहीको समन्वयमा लालबन्दी ७ बजारस्थित नमस्ते होटलमा तालिम सम्पन्न भएको हो । तालिममा जिल्लाका ३० जना संचारकर्मी सहभागी भएका थिए । उनीहरुलाई एग्रिकल्चर जर्नलिस्टस् (अनाज) का अध्यक्ष किरण आचार्य र केन्द्रिय सदस्य सुरेश कुमार यादवले प्रशिक्षण प्रदान गरेका थिए । तालिमको शनिबार नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्रीको अध्यक्षता तथा प्रदेश कृषि विश्व विद्यालय राजविराजका रजिष्टार डाक्टर भगवान ठाकुरको प्रमुख आतिथ्यतामा समापन गरिएको हो । तालिमको समापन समारोहमा मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी सचिव डाक्टर नम्रता सिंह, आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, प्राधिकरणका प्रशासकीय प्रमुख उपेन्द्रकुमार सिंह, प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष डाक्टर शम्भु साह, मिडिया काउन्सील मधेश प्रदेशकी सदस्य बन्दना झालगायतले मन्तव्य राखे ।