सर्लाहीमा आज मात्रै थपिए ४७ कोरोना संक्रमित, संक्रमितको संख्या ५९२ पुग्यो
सर्लाही,०८ असार । पछिल्लो २४ घण्टामा सर्लाहीमा ४७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार सर्लाहीमा आज मात्रै ४७ जना कोरोना संक्रमित थपिएका हुन्। योसँगै सर्लाहीमा कोरोनाभाइरस संक्रमितको संख्या ५९२ पुगेको छ । आज ईश्वरपुर नगरपालिकाका ३२ र बरहथवा नगरपालिकाका १५ जना गरी थप ४७ जना नयाँ संक्रमित फेला परेको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिए । भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका हरुको काठमाडौंको टेकुमा थ्रोट स्वाब परीक्षणबाट पोजेटिभ देखिएको बताईएको छ ।