GeneralNews

‘लेनदेन विवादका कारण गाडीले किचेर हत्या’

  • सदाम हुसैन
    सर्लाही, ०७ फागुन । सर्लाहीको लालबन्दी नगरपालिका स्थित रानीगञ्जमा भएको सवारी दुर्घटनामा लेनदेन विवादका कारण घटना घटाइएको पीडित परिवारले दाबी गरेका छन् । उनीहरूले दोषीलाई हदैसम्मको कार्वाही हुनुपर्ने माग गरेका छन् । घटनामा ज्यान गुमाएका लालबन्दी नगरपालिका– १७ रानीगञ्जका स्थानीय शंकर महतोका छोरा ३३ वर्षिय राजकुमार महतोको आफन्त र छिमेकीहरुले घटनामा संलग्न सवारीका चालक २२ वर्षीय मुकेश साहलाई हदैसम्मको कार्वाही हुनुपर्ने माग गरेका छन् । शनिवार पीडित परिवारले घरमै पत्रकार सम्मेलन गर्दै मृतकका बुबा शंकर महतोले आफ्नो छोरालाई ठक्कर दिने सवारीका चालक मुकेश साहलाई हदैसम्मको कार्वाही हुनुपर्ने बताए । ‘त्यो दुर्घटना हो हामी बुझ्दछौं । त्यसमा प्रहरीले पनि अनुसन्धान गरिरहेको छ त्यो पनि हामी बुझ्दछौं । प्रहरीको अनुसन्धान आफ्नो ठाउँमा छ तर वास्तविक कुरा के हो भने त्यो दुर्घटनामा ज्यान लिने मनसायले नै घटना घटाईएको देखियो ।’ उनले भने । गाडीको ठक्करपछि बाटोबाट निकै पर उछिट्टएका घाईतेलाई चालकले बचाउनुको सट्टा किचेको भन्दै घटना ज्यान लिने मनसायले घटाइएको पिडित परिवारको भनाई छ । ‘यो घटनामा मर्ने मरि हाल्यो । बाँच्नेलाई किन दुःख दिनु भन्ने भावनाबाट अनुसन्धान भइरहेको हो कि भन्ने हामीले बुझेका छौं ।’ मृतकका बुबाले भने । उनले यो एउटा दुर्घटना भएपनि मुख्य कारण लेनदेन नै रहेको बताए । ‘विरेन्द्रसँग मैले १ लाख ५० हजार रुपैयाँ लिनु पर्ने थियो । मेरो छोराले गाडी किनेपछि मैले त्यो पैसा माग्न गएँ । पैसा माग्ने क्रममा विवाद भएर छोराको ज्यान मार्ने धम्की दिएका थिए ।’ उनले भने । धम्कि दिएको ४ दिनपछि छोराको ज्यान लिएको पिडितको वुवाले आरोप लगाए । दुर्घटनाको प्रत्यक्षदर्शी स्थानीय द्रौपदी महतोले घाईतेलाई बचाउनुको सट्टा चालकले दोस्रो पटक किचेर मारेको बताईन् । ‘दुर्घटना हुँदा म आँगनमै बसिरहेको थिएँ । दक्षिणतिरबाट तिब्र गतिमा आएको बोलेरोले मोटरसाईकललाई ठक्कर दियो । बोलेरो चालकले गाडी रोकेर घाईतेलाई बचाउलान भनेको त हामीले भन्दा भन्दै गाडी अगाडी बढाएर र घाईतेलाई किचे ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *