महिलालाई आत्म निर्भर बनाउन एडभान्स सिलाई कटाई तालिम
सर्लाही,२९ मंसिर । मलंगवा नगरपालिका वडा नं. ९ द्वारा सञ्चालित छौं महिने आधारभूत सिलाई कटाई तालिम सुरु भएको छ । वडाका महिलाहरुलाई आत्मनिर्भर बनाउन यो एडभान्स सिलाई कटाई तालिम सञ्चालन गरिएको उदघाटन कार्यक्रमका अध्यक्षता गर्नुभएका मलंगवा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष चन्देश्वर रायले बताउनुभयो ।
श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने हुनाले वडाले यो सिलाईकटाई सन्चालन गर्न लागेको वडाध्यक्ष रायले मन्तब्यको क्रममा ब्यक्त गर्नुभयो ।
तालिमको उद्घाघटन गर्दै नगरपालिका प्रमुख प्रसासकीय अधिकृत होम प्रसाद घिमीरेले सिलाइ कटाइ तालिम जीवन उपयोगी हुने भएकोले छौ महिना सम्म लगनशीलताका साथ सिक्न सहभागिहरुलाई आग्रह गर्नुभयो । मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै मेहनतका साथ सिप सिके जीवनमा परिवर्तन हुने अधिकृत घिमीरेको भनाई छ ।
सोही कार्यक्रममा विशिष्ट अतिथीको आतिथ्यता ग्रहण गरेका उपसचिव होमनाथ सुवेदीले सहभागिताहरु आफैले छानेको तालिम भएकोले सहभागिताहरु स्वंयम केही गर्न सक्षम हुन सक्ने भन्दै तालिम सम्पन्न पश्चात् आफै व्यवसाय गर्न आग्रह गर्नुभयो । तालिम लिए पश्चात् महिला दिदिबहिनीहरु स्वरोजगार र आत्म निर्भर बन्ने भएकाले यसले आर्थिक उपार्जनमा समेत महत्त्वपूर्ण योगदान पु¥याउने उपसचिव सुवेदीले उजागर गर्नुभयो ।
कार्यक्रममा प्रशिक्षक रेणु चौधरीले सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम सञ्चालन गरिने बताउनुभयो । साथै प्रशिक्षक चौधरीले ५६ जना प्रशिक्षार्थीलाई दुई शिफटमा सिलाई कटाइ सिकाईले जानकारी दिनुभयो ।

