टी–ट्वेन्टी विश्वकप: सर्वाधिक विकेट लिने पाँच खेलाडी
अस्ट्रेलियामा जारी आईसीसी टी–ट्वेन्टी विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा फेरि एकपटक श्रीलंकन बलर वानिन्दु हसारंगाले लिड गरिरहेका छन्।
सन् २०२१ विश्वकपका सर्वाधिक विकेट टेकरले जारी विश्वकपमा पनि त्यो लय कायम राखेका छन्।
आइतबारबाट समूह चरणका सबै खेल सकिएका छन् भने चार टिमले सेमिफाइनलमा स्थानसमेत सुरक्षित गरिसकेका छन्। समूह ‘एक’बाट न्युजिल्यान्ड र इङ्ल्यान्ड तथा समूह ‘दुई’ बाट भारत र पाकिस्तानले अन्तिम चरणमा स्थान बनाएका छन्। यद्यपि, सर्वाधिक विकेट लिने पाँच खेलाडीको सूचीमा यी चारमध्ये कुनै टिमका बलर छैनन्। त्यो भए को हुन् सर्वाधिक पाँच विकेट टेकर ?
वानिन्दु हसारंगा (श्रीलंका)
गत संस्करणका सर्वाधिक विकेट–टेकर हसारंगाले जारी विश्वकपमा १५ विकेट लिएका छन्।
उनले १३.२६ को औसतमा बलिङ गरेका छन्। हसारंगाको उत्कृष्ट बलिङलफिगर ३-८ को छ।
बस दी लिड (नेदरल्यान्ड्स)
नेदरल्यान्ड्सले विश्वकपमा अप्रत्यासित प्रदशर्न गर्यो। आइतबार मात्रै दक्षिण अफ्रिकाविरुद्ध १३ रनको जित त्यसैको उदाहरणमध्ये एक थियो।
सोहीक्रममा डच टिमका लागि दी लिडको बलिङ महत्त्वपूर्ण रह्यो। उनले कुल ११ विकेट लिएका छन्।
ब्लेसिङ मुजराबानी (जिम्बाब्वे)
जिम्बाब्वेले पाकिस्तानलाई विश्वक्रिकेटमा तहल्का मच्चाउँदा चार ओभरमा १८ रन खर्चेर एक विकेट लिएका मुजराबानीले प्रतियोगितामा १२ विकेट लिएका छन्।
जोसुवा लिटिल
आयरल्यान्डले समूह चरण पार गर्न नसके पनि बलर लिटिलका लागिविश्वकप फलदायी रह्यो।
प्रतियोगिताभर १७.१८ को औसतमा बलिङ गरेका लिटिलले ११ विकेट लिएका छन्।
अनरिच नोर्टजे (दक्षिण अफ्रिका)
नेदरल्यान्ड्सविरुद्ध १३ रनको अप्रत्यासित पराजयसँगै दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिएको छ। यद्यपि, बलर नोर्ट्जेका लागि भने यो विश्वकप सम्झनालायक रह्यो।
उनले पाकिस्तानविरुद्ध एकै खेलमाचार विकेटसहित प्रतियोगितामा कुल ११ विकेट लिएका छन्।