कविलासीमा गोठमा लुकाएर राखिएको २१ बोरा अवैध सुर्ती बरामद
सर्लाही,०७ भाद्र । प्रहरीले सर्लाहीको कविलासी नगरपालिका–८, मा गोठमा लुकाएर राखिएको अवस्थामा ठूलो परिमाणमा अवैध सुर्ती बरामद गरेको छ ।भारतबाट भन्सार छलेर ल्याई सोही ठाउँका भोला बैठाको गोठमा लुकाएर राखिएको २१ बोरा सुर्ती शनिवार साँझ बरामद भएको हो । बरामद सुर्ती करिव २ लाख २० हजार मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।