एम्बुलेन्समा चरेस राखेर भारत लैजान लागेका तीन पक्राउ
सर्लाही,२५ जेठ । सर्लाही सदरमुकाम मलंगवामा एम्बुलेन्स प्रयोग गरी चरेस भारत लैजान लागेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।आइतबार बिहान प्रहरीले सर्लाही मलंगवा नगरपालिका वडा नम्बर ८ मा ज.१ च १४०७ नम्बरको एम्बुलेन्स जाँच गर्दा आठ किलोग्राम चरेस भेटिएपछि तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मलंगवा वडा न वडा नम्बर ८ निवासी ४० वर्षिय रामदुलार राय,निजका सहयोगी वडा नं ४ का २४ वर्षिय नथुनी ठाकुर र एम्बुलेन्स चालक वडा नं ३ का २८ वर्षिय मोहन राय यादव रहेका छन् । सर्लाहीका डिएसपी मदन कुँवरका अनुसार उनीहरूले उक्त चरेस भारतको सोनवर्षा लैजान लागेका थिए । शनिबार राति साढे ११ बजे ३७ वर्षीय राम दुलार रायलाई पक्राउ परेका थिए । उनलाई पक्राउ गरी सोधपुछ गर्दा लागू औषध भारततर्फ लैजान लागेको बताएपछि आइतबार बिहान एम्बुलेन्स चालक यादवलाई पनि नियन्त्रणमा लिएर एम्बुलेन्स खानतलासी गर्दा १३५ ग्राम चरेस बरामद भएको छ । उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको डिएसपी कुँवरले जानकारी दिए।