News

अदालतको आदेशका कारण गाउँपालिकाको कामकाज ठप्प,तलब नपाउँदा कर्मचारी धर्नामा

बसबरीया,०३ पुस । अदालतको आदेशले बसबरीया गाउँपालिकाको कामकाज ठप्प हुदाँ कर्मचारीले विगत ६ महिनादेखी तलब नपाउँदा धर्नामा बसेका छनु । साउनदेखि तलब नपाएपछि जिल्लाको दक्षिण पश्चिम भेगस्थित बसबरिया गाउँपालिकाका शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मी आन्दोलित बनेका हुन ।

तलब माग गर्दै उनीहरु बुधबारदेखि गाउँपालिका कार्यालयमा अनिश्चितकालिन धर्नामा बसेका हुन् । बसबरिया गाउँपालिकामा चालू आर्थिक वर्ष २०८२र८३ को बजेट अहिलेसम्म पारित हुन सकेको छैन् ।यहाँ जनप्रतिनिधिबिच सहमती जुट्न नसक्दा बजेट पारित हुन नसकेको हो । गएको असारमा नै गाउँसभाको उद्घाटन सत्र प्रारम्भ भएको थियो । गएको भदौ महिनामा गाउँपालिका अध्यक्ष रामसिंहासन रायले गाउँसभाको बन्द सत्र बोलाएर बजेट पारित गर्ने प्रयास गरेका थिए। तर उक्त प्रक्रियाप्रति आपत्ति जनाउँदै गाउँपालिका उपाध्यक्ष सरिता कुमारीले अध्यक्ष रायविरुद्ध उच्च अदालत जनकपुरमा निवेदन दर्ता गराएकी थिइन्।
‎निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत जनकपुरले गाउँपालिका उपाध्यक्षको सहभागिताबिनै बजेट, योजना तथा राजस्व प्रस्तावसम्बन्धी कुनै पनि कार्य नगर्न अन्तरिम आदेश जारी गरेको थियो। साथै अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म कुनै पनि निर्णय वा कार्य नगर्न स्पष्ट आदेश दिएको छ।

‎अदालतको आदेशपछि गाउँपालिकाको नियमित कामकाज प्रभावित भएको छ। अध्यक्ष पक्षले अदालतको आदेशको सम्मान गर्दै आफूहरू हाल कुनै पनि निर्णय गर्न नसक्ने अवस्थामा रहेको जनाएको छ। उनीहरूले स्पष्ट बहुमत हुँदाहुँदै पनि अदालतको मानहानि हुने भएकोले कुनै प्रक्रिया अगाडि नबढाइएको बताएका छन्।

‎अध्यक्ष रामसिंहासन रायका अनुसार अदालतबाट मुद्दाको अन्तिम किनारा लाग्नेबित्तिकै गाउँपालिकाको सम्पूर्ण कामकाज पुनः पूर्णरूपमा सञ्चालनमा आउनेछ। हाल भने सबै पक्ष अदालतको अन्तिम फैसलाको प्रतीक्षामा रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *