LatestNews

कोरोनाविरुद्ध सतर्कता – स्थानीयको गस्ती, अपरिचितलाई ’नो इन्ट्री’

मलंगवा,०३ जेठ । सर्लाहीमा कोरोना भाईरसबाट जोखिम बढेको भन्दै मलंगवा नगरपालिका वडा नम्बर–८ मा स्थानीय सचेत भई गस्ती गर्न थालेका छन् । मलंगवा नगरपालिका वडा नम्बर–८ स्थित वकिल गल्लीमा स्थानीयले नै बासको घेरा लगाएका छन् । केहीदिन यता सर्लाहीमा कोरोना भाइरसको संक्रमण देखिन सुरु भएको छ । सर्लाहीमा तीनवटा केस देखिएपछी मलंगवा भित्रिने सबै नाका सिल गर्नुपर्ने माग स्थानीयले गरेको छ । मलंगवा नगरपालिका वडा नम्बर–८ मा स्थानीयस्तरमा नै युवाहरु स्वत आफ्नो टोलमा बाहिरी र अन्जान व्यक्ति देख्ने बित्तिकै सोधपुछ गर्ने र फर्काउने काम गरिरहेका छन् । मलंगवा नगरपालिकाले पनि बाहिर जिल्लाबाट आउने र अपरिचित व्यक्तिलाई टोल वा घरमा प्रवेश नगराउनु भन्दै जनकारी गराएपछि स्थानीयले सर्तकता अपनाउन थालेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *