FEATUREDLatestNews

घरभाडा मिहाना भए–नभएको स्थानीय तहले अनुगमन गर्ने

काठमाडौं : सरकारले चैत महिनाको घर भाडा मिनाहा भए–नभएको अनुगमन स्थानीय तहबाट गर्ने बताएको छ । यसअघि सरकारले चैत महिनामा असंगठित श्रमिकहरुले तिर्नुपर्ने घरभाडा मिहाना गर्न आग्रह गरेको थियो । सोही अनुसार घर भाडा मिनाहा भए–नभएको अनुगमन स्थानीय तहबाट गर्ने निर्णय वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले गरेको छ । सम्बन्धित घरधनीले कोरोनाका कारण रोजगारी वा काम गुमाएका असंगठित बाहेकका अन्य श्रमिकसँग पनि लक डाउन अवधिभर घरभाडा माग नगर्ने र निजहरुले आम्दानी गरेपश्चात घरबहाल रकम भुक्तानी गर्न पाउने सुविधा प्रदान गर्ने निर्णय समेत गरेको छ । घरभाडा छुट गरेका घर मालिकलाई सो महिनाको घरबाहल कर र त्यसबाट हुने आय कर छुट गर्ने निर्णय यसअघि नै सरकारले गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *