१५ लाख नगद सहित मलंगवाका दुईजना पक्राउ
सदाम हुसैन
सर्लाही, ०५ असार । भारतबाट नेपालतर्फ आउँदै गरेका दुईजनालाई स्रोत नखुलेको रकम सहित प्रहरीले नियन्त्रणमा लिएको छ । मंगबलबार बिहान साँढे ७ बजे मलंगवा न.पा.–४ निवासी ३५ वर्षीय विसुन्द्र प्रसाद चौधरी र मलंगवा न.पा.–२ निवासी ४० वर्षीय नागेन्द्र ठाकुरलाई स्रोत नखुलेको रकम सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेन्द्र पंजियारले जानकारी दिए । भारतको सोनबर्षाबाट नेपालतर्फ आउदै गरेको भारतीय BR 30 S 2086 नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्दा पछाडी बसेका ठाकुरको कम्मरमा बाँधेको खैरो कपडा सिलाई पैसा राख्ने बनाएको पटुका भित्र १५ लाख ५० रुपैया नेपाली तथा चालक चौधरीको साथबाट भारतिया रुपैया दुई हजार ६४० भारु नोट बरामद् भएको प्रहरीले दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी वरिष्ठ नायब निरक्षक अरुण कुमार यादव तथा सिमा प्रहरी चौकी गोरखकालीका प्रहरी सहायक निरीक्षक हसमुदिन मियाँ ठकुराई समेतको प्रहरी टोलीले उक्त रकम नियन्त्रणमा लिएको हो । उनिहरुको साथबाट ८ बोतल मजा जुस र दुईथान रियल मिको मोबाईल सेट एवं दुईथान सिम समेत बरामद् गरि आवश्यक कार्बाही प्रकृया अगाडि बढाईएको प्रनाउ पंजियारले जानकारी दिए । पछिल्लो समय सर्लाही प्रहरीले स्रोत नखुलेको रकम सहित भारतीय र नेपाली नागरिकलाई धमाधम नियन्त्रणमा लिईरहेकोे छ ।