News

मलंगवामा लामखुट्टे आतंक

  • सदाम हुसैन
    सर्लाही, २९ फागुन । गर्मी याम शुरु हुन साथ मलंगवा नगरपालिकामा लामखुट्टेको आतंक बढेको छ । बजार क्षेत्रका सडक , चौक र खुला ठाउँमा फोहोर थुप्रिनुले पनि लामखुट्टेको आतंक बढाएको छ । लामखुट्टेको आतंकले घर भित्र बस्न पनि समस्या भएको मलंगवा वासीको भनाई छ । झ्याल ढोका बन्द गर्न बिर्सिए वा ढिला गरेका बेला घर भित्रै पसेका लामखुट्टेले टोकेर हैरान पार्न थालेको व्यापक जन गुनासो बढेको छ । साझको समयमा घर बाहिर निस्कनु भनेको त लामखुट्टेको आतंकको सामना गर्नु जस्तै भई सकेको छ । बिहान पनि लामखुट्टेको टोकाई बढेको गुनासो नगरवासीले गर्न थालेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *