वडाध्यक्ष मुकेश झाद्धारा कृत्रिम खुट्टा सहयोग
सर्लाही,१७ मंसिर । मलंगवा नगरपालिका वडा नम्बर–१० का वडाध्यक्ष मुकेश झाले एक जना खुट्टा विहीन वडावासीलाई कृत्रिम खुट्टा बनाई हस्तान्तरण गरेका छन् । स्थानीय वृद्ध महेन्द्र धोबीलाई वडाध्यक्ष झाले कृत्रिम खुट्टा सहयोग गरेका हुन् । अतिविपन्न परिवारलाई वडा कार्यालयले सहयोग गर्ने योजना अनुरुप एउटा खुट्टा नहुदां दैनीकी टार्न समेत धौ–धौ परेको धोबीलाई वडाअध्यक्ष झाले कृत्रिम खुट्टा सहयोग गर्दा धोबीले नयां जीवन पाएको अनुभुती गरेका छन् । वडाबासिलाई विपत परेको बेला समय समयमा अध्यक्ष झाले सहयोग गर्दै आएको सोही वडा निवासी श्याम बाबु शाहले बताए । वडाको विकास र वडाबासीको सुख–दुख आफुले पहिलो प्राथमिकतामा राखी काम गर्दै आएको वडाअध्यक्ष झाले बताउनुभयो ।

