सर्लाही मालपोत सर्वाधिक भ्रष्ट कार्यालय
सर्लाही,२९ असोज । अत्यावश्यक सेवा दिने सर्लाहीका मालपोत कार्यालयमा अत्याधिक भ्रष्टाचार हुने गरेको पाइएको छ । सेवाग्राहीका अनुसार सर्वाधिक भ्रष्टाचार हुने कार्यालयका रुपमा जिल्ला मालपोत कार्यालय सर्लाहीले ख्याति कमाएको छ । मालपोतमा अनेक किसिमका अवैध काम हुने गरेका छन् । अत्यावश्यक सेवा दिने यो कार्यालय भ्रष्टाचारको ‘अड्डा’ बनेको छ । मालपोतमा सर्वसाधारण जनताको पँहुच छैन । बिचौलियाबिना काम गर्न सकिन्न । सेवाग्राही कार्यालयमा पस्दानपस्दै तिनको चंगुलमा पर्छन् । बिचौलियामार्फत घुस दिएर मात्रै सार्वसाधारणले सेवा पाउँछन् । सेवाग्राहीका कारणले समेत भ्रष्टाचार हुने गरेको, ‘दिने र लिने दुवै पक्ष उतिकै जिम्मेवार छन् । सेवाग्राहीले नदिए त कर्मचारी लिने कुरै हुँदैन, त्यसै सेवाग्राही यसमा सचेत हुनुपर्छ,’ नागरीक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झाले भने । छौ महिनाको लामो लकडाउन अन्त्य भएसगैं मालपोत कार्यालय सर्लाहीमा सेवाग्राहीको चाप थेग्न नसकेर अचेल कार्यालयमा टोकन सिस्टम लागु गरीए पनि बाहरी दस्तुर तिरेपछी अबिलम्ब काम हुने गरेको स्रोतको दाबी रहेको छ । जग्गा रोक्का वा फुकुवागर्न कर्मचारीले तिन, चार दिन कार्यालयमा बोलाएर हैरान गर्ने लेखनदासले बताएपछि बाहरी कर तिर्नु परेको एक सेवाग्राहीले बताए । मोठ भिडाउने, फाईल हेर्ने, तोक लगाउने, राजश्व तथा कर तिर्ने लगायतका बिभिन्न शिर्षकमा फााट पिच्चे रकमको खुल्मखुल्ला रुपमा चलखेल भई रहेको छ । कडाई जती भएपनि नियत साफ नभएसम्म कर्मचारी तथा बिचौलियाको रजाई आउने दिनमापनि बढदै जानेछ ।