आफ्नो जितबारे बिरेन्द्र सिहं ढुक्क
सर्लाही,०१ मंसिर । सर्लाही क्षेत्रनं ४ को (क) प्रदेशसभा सदस्यका काग्रेस उम्मेदवार बिरेन्द्र सिहंले आफ्नो जित सुनिश्चित् रहेको बताएका छन् । उनले आफू नै पाँच दलीय गठबन्धनको साझा उम्मेदवार रहेको पनि दाबी गरे ।सिहंले सर्लाहीमा अब जातीय आधारमा कसैले पनि चुनाव नजित्ने भन्दै बरु जनताको काम गर्ने नेतालाई नै विजयी बनाउने विश्वास दिलाए । सो क्षेत्रमा विगत दुई दशकदेखि जितेका नेताहरुले देखिनेगरि कुनै विकास नगरेको उनको आरोप छ । उनले अब जनताले विकास गर्नसक्ने नेतालाई जिताउने पनि विश्वास दिलाए । उनले आफूले सो क्षेत्रका मतदाताहरुलाई कुनैपनि किसिमको झुठो आश्वासन नदिएको स्पष्ट पारे । उनले आफूहरु सो क्षेत्रमा भारी मतान्तरले विजयी हुने पनि दाबी गरे । आफूले जितेपछि सो क्षेत्रको समग्र विकास गर्ने पनि दाबी गरे । आफुले सधैं शोषित तथा पीडित जनताको अधिकारको लागि लडेको भन्दै सिहंले आगामी दिनमा पनि जनताको अधिकारको लागि लड्ने बताए । क्षेत्र नम्बर ४ मा मतदाताहरूको घरघरमा पुगेर भोट अपिल गरिरहेका सिहंले आफुप्रति यो क्षेत्रको मतदाताहरूको अटुट विश्वास र अथाह उत्साह पाइरहेको पनि बताएका छन् ।