LatestNewsPolitics

मतदाताले हामीप्रति देखाएको उत्साह नै चुनाव जित्ने हाम्रो आत्मविश्वास हो : बिरेन्द्र सिहं

सर्लाही क्षेत्रनं ४ को (क) प्रदेशसभा सदस्यका काग्रेस उम्मेदवार बिरेन्द्र सिहंले जनताको साथ र समर्थनका अगाडि कसैको केही नलाग्ने ठोकुवा गरेका छन् । जनताको हरेक दुःखसुखमा आफूले सधै साथ दिइरहेको भन्दै सिहंले फेरि पनि जनताकै चौकीदारी गर्नका लागि आफू चुनावी मैदानमा आएको बताए । त्यसको एकमात्रै आधार भनेको आम मतदाताले देखाएको उत्साह र हौसला नै रहेको उनको भनाइ छ । क्षेत्र नम्बर ४ मा मतदाताहरूको घरघरमा पुगेर भोट अपिल गरिरहेका सिहंले आफुप्रति यो क्षेत्रको मतदाताहरूको अटुट विश्वास र अथाह उत्साह पाइरहेको पनि बताएका छन् । हामीलाई हामीप्रति नै विश्वास छ । हाम्रा मतदाताप्रति विश्वास छ । जनतासँग जो सधै सँगसँगै हुन्छ, उसले कहिल्यै हार्नुपर्दैन’ उनले भनेका छन् ‘आम मतदाताले म र मेरा अरू साथीहरूप्रति देखाउनुभएको यो प्रेम र स्नेहको गुण मैले यहाँको विकास गरेर तिर्नेछु ।’ ‘हामी आफैं पनि बिहानैदेखि रातिसम्मै मतदाताकै घरदैलोमा छौं । मतदातासँग भोटको अपिल पनि गर्छौं र मत खेर नजाओस् भनेर हामीले मतदाता शिक्षा पनि सँगसँगै दिइरहेका छौं’ सिहंले भने ‘मतदातासँग प्रत्यक्ष भेट्दा काग्रेंस र हाम्रा उम्मेदवारहरूप्रति हामीले उनीहरूको अथाह उत्साह पाएका छौं। विश्वास पनि गरेका छन् ।’सिहंले आफूले यसअघि गरेका कामहरूको मूल्याङ्कन यहाँका नागरिकले गरिसकेको र अझै विकासको सम्भावनाका लागि आफूहरूप्रति नै विश्वास व्यक्त गरेको पनि बताए । ‘अब हामी यो भन्न सक्छौं कि मतदाताको आफ्नो विवेकभन्दा ठूलो चुनावमा अरू हुनैसक्दैन । केही दलहरू मिलेर आफ्नो शान र शक्ति देखाउँदैमा भोट आउँदैन’ सिहं भन्छन् ‘हामीलाई फेरि पनि मतदाताले विश्वास गर्नुभएको छ । त्यही नै हाम्रो चुनाव जित्ने आत्मविश्वास पनि हो। हामीले कुनै पनि मतदाताको सपना खेर जान दिनेछैनौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *