LatestNewsPolitics

जनतालाई झुट्टा आश्वासन दिँदैनौं : बिरेन्द्र सिहं

सर्लाही,२९ कार्तिक । सर्लाही क्षेत्रनं ४ को (क) प्रदेशसभा सदस्यका काग्रेस उम्मेदवार बिरेन्द्र सिहंले जनतालाई झुट्टा आश्वासन नदिने र गर्न सकिने कुरा मात्रै बोल्ने गरेकाले जनताको बलियो साथ रहेको बताएका छन् । घरदैलो अभियानको क्रममा सिहंले आफू निष्ठा र इमान्दारीताको राजनीति गर्ने बताएकाले क्षेत्र नं.४ का जनताको बलियो साथ रहेको बताएका हुन् । उनले इमानदारिताको राजनीति स्थापित गर्न सत्ता गठबन्धनका उम्मेदवारलाई बहुमतले विजयी गराउन आग्रह गरे । आफ्नो क्षेत्र पछाडी परेकाले चिन्ता ब्यक्त गर्दै सिहंले निर्वाचित भएमा आर्थिक र भौतिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता जनाए । मधेश प्रदेश सरकारका पुर्व खेलकुद मन्त्री बिरेन्द्र सिंहको समर्थनमा जनलहर बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *