LatestNewsPolitics

मेरो बाँकी जीवन क्षेत्र नं.४ को विकास र समृद्धिका लागि समर्पित : बिरेन्द्र सिहं

सर्लाही,२६ कार्तिक । सर्लाही क्षेत्रनं ४ को (क) प्रदेशसभा सदस्यका काग्रेस उम्मेदवार बिरेन्द्र सिहंले आफ्नो बाँकी जीवन यस क्षेत्रको विकास र समृद्धिका लागि समर्पित गर्ने बताएका छन् । उनले भने, ’मेरो बाँकी जीवन विकास र समृद्धिका लागि खर्च गर्नेछु । राजनीतिक परिवर्तनलाई संस्थागत गर्नका लागि पनि अब आर्थिक क्रान्तिको सुरुआत गर्नु जरुरी छ ।’ चुनावी प्रचार–प्रसारका क्रममा सिहंले अब आर्थिक क्रान्तिको सुरुवात सर्लाही क्षेत्र नं. ४ बाट रहेको बताए । आफूले जहिल्यै पनि जनताको सेवाका लागि राजनीति गरेको भन्दै जिम्मेवारीको भारी बोकेर जनताको अनुहारमा चमक ल्याउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *