कौडेना गाउँपालिकाका युवाहरुद्धारा सरसफाई कार्यक्रम
सर्लाही,२६ कार्तिक । सर्लाहीको कौडेना गाउँपालिकाका युवाहरुले गाउँघर तथा बजार सरसफाई कार्यक्रम गरेका छन ।शनीबार बिँदाको दिनलाई सदुपयोग गर्दै आफ्नो गाउँ ठाउँ आफैले सफा राख्नुपर्छ भन्ने मनशायले यो अभियान शुरुवात गरीएको कौडेना गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शम्भु प्रसाद यादवले बताए । साथै अब प्रत्येक शनिवार यस सरसफाई कार्यक्रमलाई निरन्तरता दिईने अधिकृत यादवले बताए ।
साथै उक्त कार्यक्रममा आफ्नो घरबाट निस्केको फोहोर वर्गीकरणको आधारमा व्यवस्थापन गर्न र घर आंगन सफा राख्न समेत अनुरोध गरीएको समाजसेवी तथा स्थानीय युवा धिरोज रायले बताए । कार्यक्रममा स्थानिय युवाहरु, म्यादी प्रहरी, नगर प्रहरीको सहभागीता रहेको थियो भने सामुदायीक प्रहरीको साझेदारीमा कार्यक्रम संचालन भएको हो ।