LatestNewsPolitics

सर्लाही क्षेत्र ४ (क) काे समुचित बिकासकाे लागि बिरेन्द्र सिंहकाे आवश्यकता

मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन जतिजति नजिकिदै गइरहेको छ राजनीतिक दल तथा उमेदवारहरुको घरदैलो अभियान पनि त्यति त्यतिने बढ्दै गएको छ।
सोही क्रममा सर्लाहीको संसदीय निर्वाचन क्षेत्र न-४(क)बाट प्रदेश सभा सदस्य पदकोका उमेदवार मधेश प्रदेश सरकारका पुर्व खेलकुद मन्त्री बिरेन्द्र सिंहले पनि आफ्नो चुनावी अभियानलाई तिब्र बनाएको छ। मतदाताहरु सँग प्रत्येक्ष रुपमा भेटधाट गरेर आफ्नो एजेन्डाहरुको बारेमा जानकारी गराउन उनी अहिले घरदैलो अभियानलाई तिव्रता दिएका छन ।उनले आफ्नो क्षेत्रलाई विकसित र समृद्ध बनाउने गरेको परिकल्पनालाई पुरा गर्न आफुलाई पुन एकचोटी विजयी गराउन आम मतदाताहरुसँग आग्रह गरेका छन् । यसअघि सिंह यसै क्षेत्रबाट प्रदेश सांसदमा निर्वाचित हुँदा जनताको चाहना अनुसारको शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार निर्माण,खेलकुदको विकास लगाएत सबै क्षेत्रमा जनताको मन जित्ने गरी काम गरेको र अझै थुप्रै कामहरु गर्न बाँकी रहेकोले बाँकी काम पुरा गर्न आफना पक्षमा एकपटक फेरी मतदान गरी आफुलाई विजयी बनाउन क्षेत्र न-४(क) का जनताहरु सँग आग्रह गरेका छन् । साथै उनलेे समृद्ध क्षेत्र बनाउन बाँकी रहेका योजनाहरुलाई पुरा गर्दै जनभावना अनुसार अगाडि बढ्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन्।
आफुले विगत पाँच वर्षमा गरेको कामलाई हेरेर आम जनताको आफुप्रति ठुलो साथ र सहयोग रहेकोले आउँदो निर्वाचनमा आफनो जित कसैले रोक्न नसक्ने उनले दावी गरेका छन् ।आफनो जित फेरी निश्चित नै हुने भएकोले निर्धक्क भई आफना पक्षमा मतदान गरी आफुलाई निर्वाचित गराउन उनले आग्रह गरे । सिंहले घरदैलो कार्यक्रमलाई तिव्रता दिएसंगै उहाँप्रति मतदाताहरू निकै आर्कषित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *