समाजसेवामा सकृय सरोज राय राजनीतिमा सकृय
विगत लामो समयदेखि समाजिक सेवामा सकृय सामाजिक अभियन्ता सरोज राय राजनीतिमा सकृय भएका छन् । राय सर्लाहीको निर्वाचन क्षेत्र न-३ (ख) बाट स्वतन्त्र उमेदवारको रुपमा लालटेन छाप लिएर प्रदेश सभा क्षेत्र नम्वर ३ (ख)बाट चुनावी मैदानमा उत्रिएका हुन्।उहाँ क्षेत्र न-३ मा मात्र नभई सर्लाहीको चारवटै क्षेत्रमा चिरपरिचित व्यक्ति हुनुहुन्छ । उहाँ विदेशमा जेल जीवन विताइरहेका र मृत्युदण्ड पाएका कैयौं नेपालीहरुको जीवन रक्षा गरी स्वदेश फर्काउन सफल हुनुभएको छ। भारतबाट समेत कैयौं नेपालीहरुको उद्धार गरिसक्नु भएको उहाँका निकटतम ब्यक्तिहरुले जनाएका छन् । सो क्षेत्रमा उहाँको प्रतिस्पर्धा नेपाली कांग्रेसका उमेदवार हरेश महतो र जनता समाजवादी पार्टीका उम्मेदवार संजय कुमार यादव बिच रहेको भएपनि रायको चर्चा महतो र यादवको भन्दा बढी रहेको छ । आम जनताहरुको बीच राजनीतिक दलहरु प्रतिको बितृष्णा बढदै गएको अवस्थामा समाजिक सेवामा आफ्नो जीवन अर्पण गरेका रायले स्वतन्त्र उम्मेदवारी दिए पछि सो क्षेत्रका जनताहरुमा अब केही हुन्छ कि भनेर आशा पलाएको उहाँ निकटका ब्यक्तिहरुले बताएका छन् ।