News

स्ववियु निर्वाचनका लागि सर्लाही क्याम्पसमा ९ संगठन दर्ता

  • सदाम हुसैन
    सर्लाही २० फागुन । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि सर्लाहीका ३ वटा क्याम्पसमा शुक्रबार शान्तिपूर्णरुपमा विद्यार्थी संगठनले नाम दर्ता गराएका छन् । सदरमुकाम मलंगवास्थित जिल्लाकै जेठो सर्लाही क्याम्पसमा भने ९ वटा विद्यार्थी संगठन दर्ता भएका छन् । त्यहाँ समाजवादी विद्यार्थी युनिय, नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीसहित ९ विद्यार्थी संगठन दर्ता भएका क्याम्पस प्रमुख राजेश यादवले बताए । फागुन २१ गते त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले मतदाताको नामावली प्रकाशन गर्नेछ । नामावलीमाथि फागुन २५ गते दिउँसो १ बजेभित्रमा दाबी विरोध गर्न पाइने तथा दाबी विरोधमाथि छानबिन गरेर त्यसैदिन बेलुका ५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गरिनेछ । फागुन २६ गते प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको मनोनयनपत्र वितरण गरिनेछ । फागुन २७ गते प्रत्यक्षतर्फका उम्मेदवारको नामावली प्रकाशन हुनेछ । फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेभित्रमा प्रत्यक्षतर्फका उम्मेदवारमाथि दाबी विरोध र बेलुका ५ बजे प्रत्यक्षतर्फका उम्मेदवारमाथि परेको दाबी विरोधमाथि छलफल गरेर अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ । प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरूलाई फागुन २९ गते दिउँसो १ बजेसम्म फिर्ता लिने समय दिइनेछ र दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्देशनालयले जनाएको छ । विद्यार्थी सङ्घ तथा सङ्गठनले फागुन २९ गतेदेखि चैत २ गतेसम्म मात्रै प्रचारप्रसार गर्न पाउनेछन् । हरेक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *