News

स्रोत नखुलेको २ लाख ७० हजार नेपाली रुपैयाँसहित भारतीय युवक पक्राउ

सदाम हुसैन–
सर्लाही, ०८ जेठ । सर्लाही सदरमुकाम मलङ्गवाबाट स्रोत नखुलेको नेपाली रुपियाँसहित एक भारतीय युवक पक्राउ परेका छन् । भारतको बिहार राज्य सितामढी जिल्ला सोनवर्षा थाना सोनवर्षा ग्राम पञ्चायत वडा नं. ५ बस्ने रामश्रेष्ठ पासवानका छोरा २२ वर्षीय कालु पासवानलाई प्रहरीले भारतबाट अवैध रुपले नगद रुपियाँ नेपाल ल्याउँदै गर्दा पक्राउ गरेको हो । पासवानलाई मलङ्गवा नगरपालिका–८, स्थित गोरखकाली प्रहरी चौकी अगाडि चेकजाँच गर्दा उनको साथबाट दुई लाख ७० रुपियाँ नेपाली नगद फेला परेको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी दीपेन्द्र पंजियार थारुले बताए । अवैध रकमसहित पक्राउ परेका पासवानलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय मलंगवामा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *