EntertainmentNews

सुशान्तकी प्रेमिका रियालाई ज्यान मार्ने धम्की !

बलिवुड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या पछि सामजिक संजालमा उनकी कथित प्रेमिका रिया चक्रवर्ती ट्रोल भएकी छिन् ।सुशान्तको मृत्युको एक महिनापछि रियाले समाजिक संजालमा व्यक्त गरेको भावनालाई सामाजिक संजालमा ट्रोल गरिएको छ भने उनको पोष्टमा आक्रोश व्यक्त गरेका छन् ।रियालाई ज्यान मार्नेदेखि लिएर बलात्कार गर्नेसम्म धम्की दिएका छन् ।रियाले अहिले सामाजिक संजालको माध्यमबाट मार्ने धम्की दिनेलाई आईटी सेलमा उजुरी गर्ने बताएकी छिन् ।उनले आफ्नो पोष्टमा लेखेकी छिन्, ’मलाई सबै प्रकारको आरोप लगाइयो, मा चुप लागिरहे, मलाई हत्यारा भनियो म चुप लागे, म केहि बोलिन ।’ रियाले धम्की दिने मानिसलाई भनेकी छिन्, ’म चुप लागेर बसे भन्दैमा , अरुलाई कसरि अधिकार हुन्छ कि यदि मैले आत्महत्या गरिन भने मेरो हत्या हुनेछ वा मेरो बलात्कार हुनेछ, आफुले भनेको कुराको गम्भीरता पनि छैन, यस्तो उत्पीडन त कसैले पनि भोग्न नपरोस् ।’ उनले पोष्टको अन्त्यमा ’अब अति भयो’ लेखेकी छिन ।रियाको उक्त पोष्टमा मानिसहरुले हत्या गर्ने र बलात्कार गर्ने धम्की दिएका छन् तर पनि अरु प्रयोगकर्ता यसको ट्रोल बनाईरहेका छन् ।रियाले सुशान्त सिंह राजपूतसंगको आफ्नो रोमान्टिक तस्वीर साझा गर्दै पोष्टमा लेखेकी छिन्, ’अहिले पनि आफ्नो भावनाको सामना गर्नको लागि संघर्ष गर्दै छु, तिमी त्यहि व्यक्ति हो जसले मलाई प्रेममा विश्वास गर्न सिकायो ।’ साथै रियाले इन्स्टाग्राममा एक पोष्ट लेख्दै गृहमन्त्री अमित शाहलाई सिबिआई जाँचको माग गरेकी छन् । उनले सुशान्तलाई आत्महत्या गर्न कसले दबाब दियो त्यो व्यक्ति पत्ता लगाउन जरुरी रहेको उनले बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *