LatestNews

साढे ९ लाख भन्दा बढीको अवैध मदिरा बरामद

सर्लाही,१५ जेठ । सर्लाहीबाट भन्सार छलेर भारत तर्फ चोरी निकासी गरेर लैजाँदै गरेको साढे ९ लाख रुपैया भन्दा बढीको ठूलो मात्रामा अवैध मदिरा नियन्त्रणमा लिएको छ । लकडाउनको मौका छोपेर विभिन्न मिती र समयमा जिल्लाको विभिन्न नाका भएर भारततर्फ लैजाँदै गरेको अवस्थामा ९ लाख ६३ हजार १ सय ३० रुपैया बराबरको अवैध मदिरा तथा ओसारपसारमा संलग्न मोटरसाइकल बरामद गरि आवश्यक कार्यवाहीक लागि आन्तरिक राजस्व कार्यालय बाराको पथलैया बुझाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीषक विश्वमणी पोखरेलले बताए । लकडाउनको वेला बजारहरू बन्द रहे पनि लुकिछिपी मदिराको कारोबार हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *