सशस्त्र प्रहरीद्धारा लागुऔषधसहित दुईजना पक्राउ
सर्लाही,१० बैशाख । सर्लाही सदरमुकाम मलंगवामा सशस्त्र प्रहरीले लागुऔषधसहित दुई युवालाई पक्राउ गरेका छन् । सीमा सुरक्षा बेस क्याम्प मलंगवाबाट खटिएको प्रहरी टोलीले मगंलबार राति दुई युवालाई पक्राउ गरेको हो । बिआर ३० जे ५०८१ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार रहेका मलंगवा ३ का सुशिल राउत र मनोज राउतलाई पक्राउ गरेको सीमा सुरक्षा बेस क्याम्प मलंगवाका सशस्त्र प्रहरी निरीक्षक संजीत कुमार सिंहले जानकारी दिए । उनीहरुको साथबाट सशस्त्र प्रहरीले सय एमएलका २८ बोत्तल वालरेक्ससहित बरामद गरेको सिहंले बताए । लागुऔषधसहित पक्राउ परेका उनीहरुलाई प्रहरी कार्यालय सर्लाहीमा बुझाईएको सिहंले जानकारी दिए ।

