सर्लाहीमा थपिए १७ जनामा कोरोना संक्रमित, संक्रमितको संख्या ६१ पुग्यो
सर्लाही, १७ जेठ । सर्लाहीमा आज एकैदिन थप १७ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । सर्लाहीमा आज पर्सा गाउँपालिकामा १२ जना, विष्णु गाउँपालिकामा ४ जना र कौडेना गाउँपालिकामा १ जनामा संक्रमण पुष्टी भएको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनुभयो । आज १७ जना थपिएसगंै सर्लाहीमा कोरोना भाइरस संक्रमितको संख्या ६१ पुगेको छ ।