LatestNews

सर्लाहीमा कोरोना संक्रमित बढ्दै,संक्रमितको सख्ंया ३३ पुग्यो

सर्लाही,१० जेठ । सर्लाहीमा आज बिहान १३ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार थपिएका सबै कविलासी र गौडैता नगरपालिकाका हुन् । १८ देखि ३५ वर्षका पुरुषहरूमा कोरोना पोजेटिभ देखिएको हो । भारतबाट फर्केर क्वारेनटाइनमा रहेकाहरू हुन् । कविलासीमा हाल ७० जना क्वारेनटाइनमा रहेका भने गौडैतामा १६४ जना क्वारेनटाइनमा रहेका छन ्। उनीहरू भारतको बम्बै, सुरता र दिल्लीबाट फर्केका हुन् । हिजोमात्र गोडैताका १४ जनाको रिर्पोट पोजेटिभ आएको थियो । क्वारेन्टाइनमा रहेका अधिकांशको रिर्पोट पोजेटिभ आउने सम्भावना बढेको गौडैटाका मेयर देवेन्द्रकुमार यादवले बताए । ‘हिजो १४ जनामा पोजेटिभ आएको थियो‚ आज पनि थपिएको छ । गाउँघरमा खुल्ला खुल्ला मानिसहरू हिँडेका छन’ नगर प्रमुख यादवले भने ‘नाका राम्रोसँग सिल भएको छैन, रातिराति भारतीय एसएसपीले लखेटेर नेपाल छिराइदिन थालेको छ ।’ आफूहरूलाई अस्पताल पनि अभाव भएको उनले बताए । सर्लाहीमा स्तरीय अस्पताल छैन, वीरगंज भरिएको र जनकपुर पठाउँदा राम्रो समन्वय नभएको उनको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *