FEATUREDLatestNews

सर्लाहीमा एकाएक जाडो बढ्यो

सर्लाही,२३ कार्तिक । सर्लाहीमा मौसम परिवर्तन भएसँगै दुई ÷तीन दिनदेखि एकाएक जाडो बढेको छ । जाडो बढेपछि सर्लाही सहित तराईँका बजारमा चहलपहल घटेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले बजारमा मानिसको चहलपहल घटेको हो । चिसोले गाउँ घरमा घुर ताप्ने संख्या समेत बढेको छ । चिसोका कारण विमौसमी रुघाखोकी र ज्वरोका विरामी समेत बढेको छ । गाउँमा क्लिनिक, स्वास्थ्यचौकीसँगै जिल्ला अस्पताल सर्लाहीमा पनि बिरामीको सख्या बढ्न थालेको अस्पताल स्रोतले जनाएको छ ।खासगरी अस्पतालमा बालबालिका, वृद्धवद्धामा लाग्ने निमोनिया, खोकी, घाँटी दुख्नेजस्ता रोगका बिरामी अस्पतालमा देखापर्न थालेको बताइएको छ । यस्तै, बालबालिकामा कोलडेरिया, निमोनिया, ज्वरो, घाँटी दुख्ने, घाँटीमा टन्सिल देखापर्नेजस्ता बिरामी अहिले अस्पतालमा उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । त्यस्तै अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा पनि दम, खोकी, निमोनिया लगायतका बिरामीको चाप बढेको चिकित्सकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *