FEATUREDLatestNews

सर्लाहीका हरिपूर्वामा एकजनामा कोरोना भाईरस पुष्टीे

हरिपूर्वा,३१ बैशाख । सर्लाहीका हरिपूर्वा नगरपालिका वडा नम्बर–३ अर्का एकजनामा कोरोना भाईरस (कोभिड–१९) पुष्टी भएको छ । मंगलबार जिल्लाको दक्षिण–पूर्वी क्षेत्र स्थित हरिपूर्वा नगरपालिका–३, धनकौल गाउँका ४५ वर्षीय एकजना पुरुषको पीसीआर पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । ‘पहिला जनकपुरमा गरिएको परीक्षणमा नेगेटिभ देखिएपछि उनलाई छाडिएको थियो’, प्रजिअ जिसीले भने, ‘तर टेकुमा पठाईएको स्वाब परीक्षण भने पोजेटिभ आएछ ।’मानसिक रोगका बिरामी उनी विभिन्न ठाउँमा डुल्दै हिड्ने गरेकाले कोरोना भाईरस संक्रमणको जोखिम बढेको स्थानीयले बताएका छन् । पहिला पनि उनी आईसोलेसनबाट भागेको बताईएको छ । भारत लगायत विदेश कतै नगएका उनी जनकपुर लगायत विभिन्न स्थानमा नमाज पढ्ने क्रममा संक्रमित भएको हुन सक्ने सुरक्षा श्रोतले अनुमान गरेको छ । योसँगै सर्लाहीमा कोरोना भाईरस संक्रमित दुईजना पुगेका छन् ।यसअघि जिल्लाको दक्षिण–पश्चिम क्षेत्र स्थित धनकौल गाउँपालिका–५, हरकठवागोठका १४ वर्षीय किशोरमा कोरोना भाईरस पोजेटिभ देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *