FEATUREDLatestNews

शिक्षकलाई कार्वाही तथा सरुवा गर्न शिक्षकहरुले नै गुहारे

प्रधानाध्यापक वर्मा र शिक्षक सुभाष कुमार कर्णले अनुशासन विहिन क्रियाकलाप गरेको आरोप
सर्लाही,२६ पुस । सर्लाहीको मलंगवा नगरपालिकामा रहेको एक विद्यालयका शिक्षकहरु आफनै सहपाठी शिक्षकको सरुवा तथा कार्वाहीको लागि गुहारेका छन् । मलंगवा नगरपालिका वडा नं. ९ मा रहेको श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालयका शिक्षकहरु जितेन्द्र कुमार कर्ण, गोबिन्द कुमार कर्ण, चन्द्रभुषण कुशवाहा, बसन्त कुमार साह, जितेन्द्र झा, प्रदिप साह, संजिव साह, गणेश साह तेली लगायतका शिक्षकहरु आफनै सहपाठी प्राथमिक तहका शिक्षक सुभाष कुमार कर्णलाई आवश्यक कार्वाही तथा सरुवाको माग गर्दै शिक्षकहरु विभिन्न निकायमा निवेदन दिएको हो । पुष १६ गते बिहिवार विहान सत्रमा संचालित अंग्रेजी माध्यमका कक्षा १० को प्रथम घण्टीको बिचमा अनुशासन हीन क्रियाकलाप गर्ने छात्रलाई विद्यालय प्रशासनले सामान्य कार्वाही गर्दा सहपाठी शिक्षक सुभाष कुमार कर्ण अनुशासन विहिन क्रियाकलाप गर्ने विद्यार्थीहरुको समुहलाई पक्षपोषण गर्दै शिक्षक आचारसंहिता विपरित विद्यालयको बातावरण खलबलाउने काम गरेको भन्दै शिक्षकहरुले जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, जिल्ला प्रहरी कार्यालय, मलंगवा नगरपालिका र शिक्षक महासंघको कार्यालयमा ति शिक्षक विरुद्ध निवेदन पेश गरेको शिक्षकहरुले जनाएको छ । यसैगरी आरोपित शिक्षक कर्णका अनुसार आफु उपर लगाएको सबै आरोप झुठा भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *