FEATUREDLatestNews

‘विपत्ति बाजा बजाएर आउँदैन

सर्लाही, ०८ साउन . भनिन्छ, ‘विपत्ति बाजा बजाएर आउँदैन’ र त सर्लाहीमा हरेक वर्षायामसँगै अप’रणीय जनधनको क्षति ह’न्छ .यस्तो क्षतिमा स्थानीय सरकार, सरोरकारवाला र स्वयम् आम नागरिकले प“र्ववत सचेतता, योजना र तयारीमा यथेष्ट ध्यान दिन सके विपत्ति रोक्न सकिने ठाउँमा नियन्त्रण गर्न सकिन्छ भने विपत्ति रोक्न नसकिने अवस्थामा क्षति न्य“नीकरण गर्न सकिन्छ , तर, असार महिना सकिएर दैनिकजसो भारी वर्षा भइरहँदा पनि जिल्लामा विपद् प“र्वको तयारी यथेष्ट ?पमा ह’न नसकेको ग’नासो छ .जिल्लाभरमा जोखिमय’क्त क्षेत्रको पहिचान, त्यसको संवेदनशीलताको आधारमा वर्गीकरण, जोखिम प्रभावित क्षेत्रका नागरिकलाई स्थान्तरण वा सचेतता, सहयोग, विपत्त वा भवितव्यमा उद्धारका लागि जनशक्ति, यन्त्र उपकरण र स्रोत साधनको यथोचित व्यवस्थापनमा स्थानीय सरकारले पनि प्रभावकारी कदम चाल्न सकेका छैनन् ।
अविरल वर्षाका कारण सर्लाहीका विभिन्न स्थानका बस्ती डुबानमा परेका छन् । पानीको निकास नहुँदा जिल्लाको दक्षिणी भेगका गाउँहरू डुबानमा परेका हुन् । डुबानमा परेका घरभित्र चार फिटभन्दा बढी पानी जमेका कारण स्थानीय विस्थापित भएका छन् । मलंगवा नगरपालिका–५ भाडसरमा लखन्देही खोलाको भेल बस्तीमा पस्दा २९ घरमा पानी पसेको छ । घरमा पानी पसे पनि पीडित परिवारलाई तत्काल अन्यत्र सार्नुपर्ने अवस्था भने नरहेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । ‘लखन्देही खोला गाउँमा पसेका कारण २९ घरमा पानी पसेको छ,’ प्रजिअ जिसीले भने, ‘अहिलेसम्मको अवस्था हेर्दा उनीहरू विस्थापित नै हुने अवस्था छैन, तर पानी बढे वा थपिए सुरक्षित स्थानमा लैजानुपर्छ ।यस गाउँमा लखन्देहीको पानी यही मनसुनमा मात्रै दुईपटक गाउँ पसिसकेको छ । खोला गाउँमा पस्दा घरमा भएको अन्नपात सबै भिजेर काम नलाग्ने भएको स्थानीय राजु रायले बताए । उनले भने, ‘आफू त जसोतसो बसौँला, बालबालिकालाई के गर्नु रु’ अधिकांश भुइँतला घर रहेका कारण घरमा जमेको पानीका कारण पानीमाथि तैरिएर रात काट्ने गरेको स्थानीयको दुखेसो छ ।
चक्रघट्टा गाउँपालिका–५ स्थित पडरियामा ढेंग्राखोला पस्दा १८ घर डुबानमा परेका छन् । यो खोलाले बर्सेनि गाउँमा क्षति पुरÞ्याउने गरेको गाउँपालिकाका अध्यक्ष विक्रम राय यादवले जानकरी दिए । डुबानपीडित स्थानीयलाई सुरक्षित स्थानमा सार्ने वा सोही स्थानमा पानी कटाएर सुरक्षित गर्ने भन्ने विषयमा तयारी भइरहेको गाउँपालिका प्रमुख यादवले बताए सबैजसो स्थानीय तहमा विपद् व्यवस्थापन समिति भए पनि प“र्वतयारी फितलो देखिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *