FEATUREDLatestNews

लक्ष्मी दुई सेमीमा प्रबेश

मलंगवा,०५ चैत्र । सर्लाहीको मलंगवामा जारी टि–ट्वन्टी खुल्ला क्रिकेट प्रतियोगिताको आज भएको खेलमा लक्ष्मी दुईले योङ स्टारलाई पराजित गर्दै सेमीफाइनलमा प्रबेश गरेको छ ।दुर्गा पुजा समिति जिल्ला विकास चोक मलंगवाले तिनबिघे मैदानमा आयोजना गरेको पहिले क्वाटर फाइनल खेलमा लक्ष्मी दुईले योङ स्टारलाई ३ विकेटले पराजित गरेको छ । टस जितेर पहिले व्याटिङ गरेको योङ स्टारले निर्धारित २० ओभरको खेलमा १९.३ ओभरमा अल आउट हुदैं १ सय ४१ रन बनाएका थिए । योङ स्टारका लागि पर्शुराम कुमारले सर्वाधिक ३३ रन बनाएका थिए । १८ बलमा २ छक्का र ५ चौका प्रहार गर्दै उनले टिमका लागि ३३ रन बनाएको आयोजक समितिका सचिव दिनेश यादवले जानकारी दिएका छन् । १ सय ४१ रनमा योङ स्टारलाई सिमित राख्नका लागि लक्ष्मी दुईका अखिलेश मिश्राले ४ विकेट लिएका छन् । ४ ओभरमा २३ रन खर्चिदै मिश्राले महत्वपूर्ण ४ विकेट लिएका थिए । १ सय ४१ रनको लक्ष्यलाई पच्छायाउन मैदान उत्रेका लक्ष्मी दुईले १९.२ ओभरमा खेल ३ विकेटले जितेका छन् । लक्ष्मीका लागि रोशन सिंहले सर्बाधिक ४४ रन बनाएका छन् । ३७ बलमा ७ चौका प्रहार गर्दै रोशनले ४४ रन बनाएका थिए । योङ स्टारका लागि दिपेश, दिपक र रविन्द्रले समान २÷२ विकेट लिएका छन् । खेलको म्यान अफ द म्याच ४ विकेट हात पार्ने लक्ष्मी दुईका अखिलेश मिश्रालाई प्रदान गरिएको थियो । मिश्रालाई आयोजक समितिका अध्यक्ष रामकेवल रायले ट्रफी प्रदान गरेका थिए । शुक्रबार हुने दोस्रो क्वाटरफाइनल खेलमा कौडेना पर्सा र सनराइज मदनपुर बिच खेल हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *