LatestNewsPolitics

लकडाउन खुकुलो हुने बित्तिकै समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउँछौं : श्रम मन्त्री यादव

काठमाण्डौ – सरकारले विदेशमा समस्यामा परेका नेपाली श्रमिकलाई स्वदेश फर्काउने गृहकार्य भैरहेको बताएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बुधबार विदेशमा रहेका श्रमिकका लागि एक सन्देश जारी गर्दै लकडाउन खुकुलो हुने बित्तिकै विदेशमा समस्यामा परेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन गृहकार्य भैरहेको बताउनुभएको हो ।
विदेशमा २० औं लाख नेपाली रहेको र ती सबैलाई एकैपटक ल्याउन सम्भव नहुने र समस्यामा परेकालाई प्राथमिकतामा राखिने उहाँको भनाई छ । सुरुमा विभिन्न कारणले अलपत्र परेका, बिरामी तथा अशक्त श्रमिकलाई पहिलो प्राथमिकता दिने पनि उहाँले बताउनुभयो ।प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न देशका सरकार प्रमुखसँग नेपाली श्रमिकको विषयमा कुरा गरेको र उनीहरुको सुरक्षाको लागि पहल गरेको पनि उहाँले बताउनुभएको छ ।

दूतावाससँग नियमित सम्पर्क गर्न आग्रह
श्रममन्त्री यादवले जस्तोसुकै अवस्थामा पनि सबैले धैर्य र उच्च मनोबलका साथ आफ्ना आफन्त तथा दूतावासमा सम्पर्क गरेर आफ्नो अवस्थाको बारेमा जानकारी गराउन आग्रह पनि गर्नुभएको छ । गन्तव्य देशका कतिपय सरकारले कोभिड १९ का कारण समस्यामा परेका श्रमिकलाई राहत कार्यक्रम घोषणा गरको भन्दै उहाँले नेपाली दूतावासबाट त्यस्ता कार्यक्रमको जानकारी लिइ त्यसबाट लाभ लिन पनि आग्रह गर्नुभयो ।यस्तै खर्चको अभावमा र अन्य कारणले खान बस्नको कठिनाई छ भने पनि सम्बन्धित दूतावासमा फोन वा सामाजिक सञ्जालका माध्यमबाट सम्पर्क गर्न पनि उहाँले सुझाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *