FEATUREDLatestNews

लकडाउनबाट सर्लाहीमा मजदुरी गर्ने गरीब परिवारलाई पिडा

सर्लाही,२० बैशाख । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण सरकारले गरेको लकडाउनबाट सर्लाहीमा मजदुरी गरेर खाने गरिब परिवारहरु थप मर्कामा परेका छन् ।सरकारले यस भाईरसबाट जोगिन लगाएको लकडाउनमा दैनिक ज्यालादारी गर्ने ब्यक्तिलाई दुई छाक खान समेत धौ–धौ परेको छ । लकडाउनका कारण संकटमा परेका विपन्न परिवारलाई दिनुपर्ने राहत सामग्री सर्लाहीमा अझैपनि सबै स्थानीय तहमा वितरण नै हुन सकेको छैन । जिल्लाको दक्षिणी क्षेत्रका हरिपूर्वा, रामनगर, गोडैता, कौडेना, चक्रघट्टा, हरिपूर्वा, ब्रम्हपुरी, पर्सा, कविलासी लगायत अधिकांश स्थानीय तहहरुमा लगत संकलनमै ढिलाई हुँदा राहत वितरणमा निकै ढिलाई भएको छ । उत्तरी क्षेत्रका हरिवन, लालबन्दी, बागमती, ईश्वरपुर, बरहथवा नगरपालिकाहरुमा भने पहिलो चरणको राहत वितरण सकिएको सम्बन्धित स्थानीय तहहरुले जानकारी दिएका छन् । पछिल्लो समयमा दैनिक ज्यालादारी गरि कमाएको पैसाले केही खाद्यान्न सामाग्री किनी आफ्नो परिवार चलाउदै गरेको गरिब परिवार अहिले लकडाउनको कारण दैनिक दुई छाक टार्न समेत मुश्किल भएको छ । यस्तो महामारीमा लकडाउन कहिले खुल्ने कुनै निश्चित नरहेको भन्दै कतिपय गरिब परिवार चर्को ब्याजमा ऋण लिई आफ्नो परिवार चलाउल बाध्य भएका छन् । यो महामारीको समयमा घरमै बस्नुपर्ने बाध्यता भएपछि महामारीबाट बच्न सकिने तर भोकमरीबाटै मर्ने परिस्थिती भएको उनीहरु चिन्ता ब्यक्त गर्दै आएका छन् । २०७४ साल देखि नै हरेक बर्ष बर्षायाममा बाढीको पिडा खेप्दै आएका गरिब परिवार यस बर्ष यस्तो महामारी पछि बाढीको चपेटमा पर्ने जोखिमले आफुहरुलाई थप चिन्तित बनाएको भन्ने गरेका छन् । ।सर्लाही मुलुकमै सबैभन्दा बढी २० स्थानीय तह रहेको जिल्ला हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *