FEATUREDTechnology

यसरी प्रयोग गर्नुहोस् आफ्नै मोबाइलमा रहेको क्यूआर कोर्ड

प्रविधिको विकाससँगै अहिले धेरै मानिसका खल्ती खाली हुन थालेका छन् । अर्थात अनलाइन पेमेन्ट प्रणालीको विकास हुँदै गर्दा पर्स र खल्तीमा धेरै पैसा बोक्नुपर्ने बाध्यता पनि हटेको छ ।

अहिले क्यूआर कोर्डको प्रयोग, फोन पेसहितका डिजिटल प्लेटफमले कारोबारमा सहजता बनाएको छ । यो सहजतासँगै हामी आफ्नै मोबाइलमा भएको क्यूआर कोर्ड कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषय तपाईँलाई जानकारी दिँदैछौ ।

सबै ठाउँमा स्ट्यान्डमा राखिएको वा प्रिन्ट गरेर राखिएको क्यूआर कोर्ड नभेटिन सक्छ त्यस्तो बेलामा तपाईँले पहिले नै मोबाइलमा खिचेको फोटो वा अनलाइनमा मगाएको क्यूआर कोर्डबाट पनि अब भुक्तानी वा अन्य काम गर्न सकिने छ । 

त्यसका लागि तपाईँसँग भएको क्यूआर कोर्ड मोबाइलको ग्यालरीमा राख्नुहोस् । 

ग्यालरीमा भएको क्यूआर कोडलाई कुन प्रयोजनमा चलाउन खोज्नुभएको हो सोही एप खोल्नुहोस् । वाइफाइ लगइन गर्न वा बैंकिङ कारोबार गर्न वा अरु कुनै सोही अनुसारको एप खोल्नुहोस् । 

बैंकिङ कारोबारका लागि मोबाइल बैंकिङ वा डिजिटल वालेट एप प्रयोग हुन्छ । अन्य सेवाका लागि भने गुगल लेन्स एप प्रयोग गर्नुपर्छ । 

आर्थिम कारोबार गर्न क्यूआर कोड स्क्यानरका लागि स्क्यान एन्ड पे अथवा स्क्यान टु पे विकल्पमा जान सकिनेछ । गुगल लेन्समा सर्च सेक्सनमा थिचेर आएको निर्देशन अनुसार काम गर्न सक्नुहुन्छ । 

यति गर्दा मोबाइल बैंकिङ वा वालेट एपको क्यूआर कोड स्क्यानरसँगै क्यूआर कोर्डको आइकल तथा ग्यालरीबाट तान्ने अप्सन पाउनुहुन्छ । ग्यालरीबाट आफूले स्क्यान गर्न चाहेको क्यूआर कोड छनौट गर्नुहोस् । अब तपाईँको काम पनि अघि बढ्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *