LatestNews

मलंगवामा ७ जनामा कोरोना संक्रमण पुष्टि, सर्लाहीमा संक्रमितको संख्या ४० पुग्यो

सर्लाही, १५ जेठ । मलंगवा नगरपालिकामा आज सात जनामा कोरोना भाइरस (कोडिभ–१९) पुष्टि भएको छ । योसंगै सर्लाहीमा संक्रमितको संख्या ४० पुगेको छ । मलंगवा नगरपालिका–२ स्थित कवड हलको क्वारेन्टाइनमा रहेका सात जना पुरुष व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको मलंगवा नगरपालिकाका प्रमुख निरसल साहले जानकारी दिनुभयो ।मलंगवमा पहिलो चरणमा ३३ जनाको स्वाब संकलन गरिएका मध्ये ७ जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो । कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरु केहि दिन अघि भारतको मुम्बई लगायतको ठाउँबाट फर्केका थिए । भारतबाट आएपछि उनीहरु क्वारेन्टाइनमा राखिएको थियो । मलंगवामा दोश्रो चरणमा स्वाब संकलन गरिएका ३९ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । मलंगवा वडा नम्बर ३ र ९ का एक एक जना वडा नम्बर ६ खुटौनाका तीन जना र वडा नम्बर ११ गम्हरीयाका २ जना गरी सात जनामा कोरोना संक्रमण आज पुष्टि भएको जिल्ला समन्वय समिति मलंगवाका प्रमुख मेथुर चौधरीले जानकारी दिनुभयो । संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई मलंगवा २ स्थित रहेको सन्त अल्पमाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेशन वार्ड आजै लगेर राखिने सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *