मलंगवाको नयाँ बसपार्क आज देखि संचालनमा
सदाम हुसैन
सर्लाही, ०१ फागुन । सर्लाही को सदरमुकाम मलंगवा नगरपालिका वार्ड नं २ स्थित ८ करोर ३१ लाखमा नव निर्मित बसपार्कको विधिवत उद्धाटन गरिएको छ । मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादव र सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले संयुक्त रुपमा रिबन काटेर नव निर्मित बसपार्कको एक समारोह बिच उद्धाटन गरेका हुन । अति साघुरो,जिणर् र अव्वस्थित रहेको पुरोनो बसपार्कबाट नवनिर्मित अत्याधुन सुविधा सम्पन्न नया बसपार्कमा सरेका बस व्यवसायी हर्षित देखिएका छन ।विगत एक वर्षदेखि तयारी अवस्थामा रहेको सर्लाही सदरमुकाम मलंगवा-२ स्थितको नयाँ बसपार्क सञ्चालनमा आएको छ। यातायात व्यवसायीहरूको आन्तरिक विवादका कारण बसपार्क करिब १४ महिनापछि सञ्चालनमा आएको हो। सोमबार एक कार्यक्रम गरी बसपार्कलाई सञ्चालनमा ल्याएको छ। गत वर्ष पौष ९ गते बसपार्कको निर्माण कार्य पूरा भएको थियो। मलंगवा नगरपालिका-९ मा रहेको पूरानो बसपार्कबाट बस व्यवसायीहरू नयाँ बसपार्कमा जान नमानेपछि सञ्चालनमा ढिलाइ भएको हो। अहिले पनि केही बसहरू पुरानै बसपार्कबाट सञ्चालन हुने गरेको छ भने केही बसहरू नयाँ बसपार्कबाट सञ्चालनमा आएको छ। नयाँ बसपार्क ८ करोड ३९ लाखको लागतमा निर्माण गरिएको छ। कन्काई इन्टरनेशनल बिल्र्र्डस प्रालि झापासँग बसपार्क निर्माणका लागि २०७५ साल फागुन २१ गते सम्झौता भएको थियो। करिब तीन वर्ष लगाएर निर्माण गरिएको बसपार्कलाई २०७९ माघ ४ गते हस्तान्तरण गरिएको थियो। २५.७३ रोपनीमा फैलिएको बसपार्कमा अढाई तल्ले टरमिनल भवन, शौचालय, खानेपानी, वर्कसप, प्रतिक्षालयको व्यवस्था गरिएको छ। ५२ वटा ठूला बस र २० वटा सानो गाडी अटाउने क्षमता भएको पार्कमा अन्य आधुनिक सेवाहरू उपलब्ध रहेको मलंगवा नगरपालिकाले जनाएको छ। नयाँ बसपार्क सञ्चालनमा आएपछि बजार व्यवस्थापनमा थप मद्दत पुग्ने मलंगवा नगरपालिकाका नगरप्रमुख नागेन्द्रप्रसाद यादवले बताएका छन्।