मन्त्री बिरेन्द्र सिंहको सराहनीय कार्य , वृद्धवृद्धा नेहाल
सदाम हुसैन–
सर्लाही, २४ जेठ । सर्लाहीको मलंगवामा रहेको प्रादेश अस्पताल र बरहथवा अस्पताल आज देखि स्तरउन्नति भएको छ । प्रादेशिक अस्पताल मलंगवा १०० बेडमा र बरहथवा अस्पताल ५० बेडमा स्तरउन्नति भएको हो । मधेश प्रदेश सरकारले अगामी आर्थिक बर्ष ०८/०८१ को लागि प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा सो योजना समाबेश गरिएको छ । निकै सरल शालिन तथा मधेस प्रदेशमै लोकप्रिय नेपाली कांग्रेसको मधेस प्रदेश उप–भापति तथा मधेस सरकारका स्वस्थ तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहको बिशेश पहल र अथक प्रयासमा यो नीति तथा कार्यक्रम समाबेश भएको सिंहका स्वकीय सचिव निकेश त्रीपाठीले जानकारी दिनुभयो ।
मधेस प्रदेशका स्वास्थ तथा जनसंख्या मन्त्रालयका जिम्मेवारी सम्हालेका सिंहले आर्थिक बर्ष २०८०/०८१ को लागि प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा निम्न कुराहरू समाबेश गराउने भएका छन ।

१. जेष्ठ नागरिकलाई सर्वसुलभ रुपमा स्वास्थय सेवा उपलब्ध गराउन सरकारी अस्पतालहरुमा बिरामी दर्ता गर्दा शुल्क नलाग्ने तथा प्रदेश तथा स्थानीय तहाका ल्याबहरुमा निशुल्क परिक्षण गरिनेछ ।
२.प्रदेशमा संचालित वृद्ध,आश्रम, बालगृह ,मानव सेवा आश्रमा आश्रीत ब्यक्तिहरुको स्वास्थय परिक्षण र उपचारका लागि घुम्ती स्वास्थय सेवा संचालन गर्नेछ ।
३.मधेस प्रदेश सरकारले ६० वर्ष माथिको नागरिकलाई आँखा , दात ,र कानको फ्री चेकजाँच गरिने ब्यवस्था मिलाउने छ ।
४.रक्तचाप ,मधुमेह तथा अन्य नसर्ने रोगको प्राथमिक परिक्षण तथा सचेतना वृद्धिका लागि पालिकाहरु सगको सहकार्यमा स्वास्थय सेवा कार्यक्रम संचालन गरिनेछ ।
५. ६ वटा जिल्लामा रहेका प्रादेशिक अस्पतालहरुमा विशेषज्ञ सेवा संचालनमा ल्याउन physiotherapy and dialysis लगायतका सेवाहरु संचालन गरि १०० बेडको अस्पतालमा परिनत गरिनेछ र सिराहा जिल्ला स्थित प्रादेशिक अस्पताल, सिराहा लाई १५० बेडमा र धनुषाको डुमरिया, पर्साको पोखरिया, सप्तरी भारदह, सर्लाहीको बरहथवा अस्पतालहरु लाई ५० बेडमा स्तरउन्नति गरिनेछ ।
६. स्वास्थय सेवालाई थप बिस्तार गर्न आयुवेद, योग, होमियोप्याथी तथा अन्य बैकल्पिक उपचार पदतीको बिस्तार गरिनेछ र सो को लागि चाहिने आवश्यक उपकरण तथा विशेषज्ञ सेवाको ब्यवस्था गरिने छ प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालयहरू मध्य भौतिक पुर्वधार प्राप्त रहेका जिल्लाहरुलाई १० बेडको अस्पतालमा स्तरउन्नति गरिनेछ ।

मन्त्री सिंह बिगतमा विभिन्न बिकास निर्माणकार्य गराउदै मधेस प्रदेशमै लोकप्रिय बनेका छन । महिला बालबालिका तथा युवा खेलकुद मन्त्रालयमा हुँदा वहाँले मधेस प्रदेशमा खेलकुद सामाग्री बितरन ,विभिन्न खेलकुद प्रतियोगिताको आयोजना ,खेलकुद मैदान,जिम हल निर्माण र सामाग्री बितरण ,महिला हिंसा र बालबिबाह न्यूनीकरणको लागि विभिन्न सामाजिक र सास्कृतिक कार्यक्रमको आयोजना गरि अतुलनीय भुमिका खेल्दै , अब स्वस्थ्य क्षेत्रमा पनि प्रशंसनिय नीति तथा कार्यक्रम समाबेश गरी प्रशंसा बटुल्न सफल भएका हुन ।