मदनपुरलाई ८ विकेटले पराजित गर्दै लक्ष्मी दुई फाइनलमा
मलंगवा,११ चैत । सर्लाहीको मलंगवामा जारी खुल्ला टी–ट्वन्टी क्रिकेट प्रतियोगिताको दोस्रो सेमीफाइनल खेलमा सनराइज मदनपुरलाई ५ विकेटले पराजित गर्दै लक्ष्मी दुई फाइनलमा प्रबेश गरेका छन् ।दुर्गा पुजा समिति जिल्ला विकास चोक मलंगवा १० ले तिनबिघे मैदानमा आयोजना गरेको प्रतियोगितामा टस हारेर पहिले व्याटिङ गरेको मदनपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६७ रन बनाएका थिए । मदनपुरका लागि लाडला शेखले सर्बाधिक ४३ रन बनाएका थिए । लक्ष्मी दुईका लागि शिवम कुमारले सर्बाधिक ३ विकेट हात पारेका थिए । १ सय ६८ रनको लक्ष्य पच्छयाउन आएका लक्ष्मी दुईले १७ ओभरमा ५ विकेट गुमाउँदै जित हासिर गरेका थिए । लक्ष्मी दुईका लागि कन्हैया कुमारले सर्बाधिक ४६ रन बनाएका थिए । मदनपुरका लागि कादिर खानले सर्बाधिक ३ विकेट लिएका थिए ।खेलको म्यान अफ द म्याच लक्ष्मी दुईका कन्हैयालाई प्रदान गरिएको छ । आयोजक समिति सदस्य समिर मिकरानीले कन्हैयालाई म्यान अफ द म्याचको ट्रफी प्रदान गरेका छन् ।