बजार मूल्य बढेर एप्पल बन्यो संसारको पहिलो प्रविधि कम्पनी
कोभिड-१९ महामारीबीच बजार मूल्य (मार्केट भ्यालु) सर्वाधिक ठूलो बनाउने अमेरिकी कम्पनी एप्पल संसारको पहिलो टेक कम्पनी बनेको छ। महामारीको समयमा बजार मूल्य ३ ट्रिलियन डलर बनाएसँगै एप्पल पहिलो टेक कम्पनी बनेको हो।
महामारीको समयमा एप्पलले अन्य टेक कम्पनीहरुलाई पछि पार्दै अहिलेसम्मकै उच्च बजार मूल्य बनाएको कम्पनीले जनाएको छ। पछिल्लो समय एप्पलको बजार मूल्य बढेर ३ ट्रिलियन डलर पुगेको छ। स्थापनाकालदेखि हालसम्म एप्पलको बजार मूल्य ५८ सय प्रतिशतले बढेको छ।
महामारीको समयमा संसारका अधिकांश कम्पनी र उद्योग पछाडि परेपनि एप्पलले भने महामारीमा जित हात पारेको बताइएको छ। एप्पलका लागि यो ऐतिहासिक क्षण भएको कम्पनीले जनाएको छ। स्टिभ जब्सले सन् २००७ मा पहिलो पटक एप्पल कम्पनीको स्थापना गरेका थिए।