FEATUREDHealthLatest

पत्रले विवादमा तानिएका डा. शेरबहादुर पुन मन्‍त्रालयमा

काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुन आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उपस्थित भएका छन्।

मन्त्रालयको पत्र प्राप्त भएपछि आइतबार अस्पतालमा उपस्थित भएको डा. पुनले विज्ञप्तिमार्फत् जानकारी दिएका हुन्। ‘पछिल्ला दिनमा मसँग जोडिएर सार्वजनिक सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित प्रशारित समाचारमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, डा. पुनले भनेका छन्, ‘यस सम्बन्धमा आइतबार म कार्यरत शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको पत्र प्राप्त भएको छ। उक्त पत्रअनुसार मलाई कार्यरत अस्पतालको काममा बाधा नपर्ने गरी कोभिड–१९ मा मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पुर्याउने कामका लागि मन्त्रालयमा उपस्थित हुने भन्ने व्यहोरा रहेकोले आजकै मितिमा मन्त्रालयमा उपस्थित भई सम्बन्धित अधिकारीहरुसँग सम्पर्क गरिसकेको छु।’ 

डा. पुनले मन्त्रालयको पत्रलाई आफूले आफ्नो वृत्ति जीवनको सामान्य प्रक्रियाका रुपमा लिएको बताएका छन्। ‘यसलाई मैले आफ्नो वृत्ति जीवनको सामान्य प्रक्रियाका रुपमा लिई आफ्नो नियमित काममा क्रियाशिल रहिरहेको छु’, पुनले भनेका छन्, ‘अत यस सम्बन्धमा मा.मन्त्रीज्यू र मन्त्रालयसँग जोडी अनर्गल प्रचार नगरिदिनुहुन र विश्वव्यापी मेन्डेमीकका रुपमा फैलिएको कोभिड-१९) को मारबाट मुलुकलाई बचाउन एकताबद्ध भइदिनुहुन सम्बद्ध सबैमा अनुरोध गर्दछु।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *