LatestNews

पत्रकार अर्नव गोस्वामी पक्राउ

भारत,१९ कार्तिक । मुम्बई पुलीसले अर्नवलाई बुधवार पक्राउ गरेको हो, रिपब्लिकन टेलीभिजनका प्रधानसम्पादक अर्नव गोस्वामीलाई आत्महत्या दुरुत्साहनको मुद्दामा पक्राउ गरिएको हो । उनको टिभीका अनुसार गोस्वामीको घर पुगको मुम्बई प्रहरीले उनीमाथि र उनका परिवारजनमाथि दुर्व्यवहार गरेको छ ।रिपब्लिकन टेलीभिका अनुसार पहिले नै सकिसकेको मुद्दामा अर्नवलाई पक्राउ गरिएको हो, उक्त टिभीमा देखाइएको फुटेजमा अर्नवलाई प्रहरी भ्यान भित्र राखिरहेको देखिन्छ । गोस्वामी माथि सन् २०१८ मा एकजना डिजाइनर र उनको आमालाई आत्महत्यामा दुरुत्साहन गरेको आरोप छ । यसअघि नेपाल(भारत सिमा मुद्दाको विषयमा नेपालका पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालसँग हेपाहा रुपमा लिएको अन्तर्वार्ता कारण गोस्वामीको नेपालमा पनि विरोध भएको थियो ।भारतीय मिडियामा अत्यन्त विवाद अनि चर्चामा रहने गोस्वामी भारजसँग निकट मानिन्छन्, गोस्वामीको पक्राउले अब कतिको राजनीतिक गती लिने हो ? भविष्यले बताउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *