News

नैतिक संकटमा सोनल सरकार

३० असोज, जनकपुरधाम। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल बुधबार मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भए ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम बुधबार साँझ उनलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।पाँच दलका ५६ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका सोनलले बिहीबार प्रदेश प्रमुख भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएका छन् ।

उनलाई जसपाका १९, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ८ र नेकपा एकीकृत समाजवादीका ७ सांसदको समर्थन छ ।तर, शपथ लिएलगत्तै सोनल नेतृत्वमा गठन भएको मधेश प्रदेश सरकार नैतिक संकटमा परेको छ ।

सोनलले सरकारको लागि दाबी पेस गरेकै दिन जनमत पार्टीका दुईजना सांसदले नवगठित जनस्वराज पार्टीमा सनाखत गरेका थिए । निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्व वनमन्त्री त्रिभुवन साह जनकपुरस्थित निर्वाचन कार्यालयमा पुगेर जनस्वराज पार्टीमा सनाखत गरेका हुन् ।

निर्वाचन आयोगले अहिले आधिकारिकता नदिए पनि दुई सांसद संख्या अहिले तटस्थ छ । निवर्तमान मुख्यमन्त्री सिंहले जनस्वराज पार्टी अहिले तटस्थ अवस्थामा रहेको र निर्वाचन कार्यालयबाट वैधता प्राप्त भएपछि मधेश प्रदेशसभामा दलको दाबी गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *