LatestNews

नेपाल मौसमः मनसुनपूर्व हुने विभिन्न गतिविधि सुरु, ‘बिहीवारसम्म पानी पर्ने’

मौसमविद्‌हरूले देशका अधिकांश स्थानमा भइरहेको वर्षालाई ‘प्रि-मनसुन’ अर्थात्‌ मनसुन आरम्भ हुनुअघि हुने गतिविधि भनेका छन्।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका अधिकांश स्थानमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भइरहेको छ।मानिसहरूलाई मौसममा अचानक परिवर्तन भएको जस्तो लागे पनि मनसुन सुरु हुनुअघि यस्तो सामान्य परिवर्तन हुने गरेको मौसमविद्‌हरूले बताएका छन्।”एप्रिल र मे महिनामा प्रि-मनसुन गतिविधिहरू देखिन्छ नै। जुन महिनादेखि त हामीकहाँ मनसुन नै सुरु हुन्छ,” मौसम पूर्वानुमान महाशाखास्थित वरिष्ठ मौसमविद्‌ विभूति पोखरेलले बीबीसी न्यूज नेपालीलाई भनिन्।

सम्भावना

मौसमविद्हरूका अनुसार नेपालमा अहिले मौसममा देखिएको परितर्वन र पानी तथा असिना पर्नु जस्ता घटनाले प्रि-मनसुन सक्रिय हुन लागेको सङ्केत गर्छन्।मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलवार दिउँसो र राति आंशिकदेखि सामान्य बदली रही केही स्थानमा स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *